थप २८१७ जनामा कोरोना संक्रमण, २८१२ संक्रमणमुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार ८१७ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २ हजार ८१२ छ। योससंगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौं जिल्लामा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।


२३ कात्तिक २०७७, आइतवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु