punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भ्यालेन्टाइन सुरु : जान्नुहोस् कुन दिन के पर्छ ?

Chaupati
safha napa

भ्यालेन्टाइन डे हरेक वर्ष १४ फेब्रुअरीमा मनाइने गरिन्छ। यो पर्व पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ। प्रेम गर्नेहरुका लागि यो निकै खास रहने गर्दछ। नेपालमा भ्यालेन्टाइन डे लाई प्रणय दिवस भन्ने गरिन्छ । भ्यालेन्टाइन डे एक महत्वपूर्ण सांस्कृतिक, धार्मिक तथा सामाजिक दृष्टिकोणले विश्वभर प्रेमको उत्सवको रुपमा मनाइने गरिन्छ। नेपालमा पनि यसले निकै महत्व बोकेको छ। पछिल्लो समय नेपालमा पनि यो दिवस मनाउनेको सङ्ख्या बढ्दो छ ।

यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक–अर्कामा प्रेम भाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ । यस पर्वलाई हिजोआज युवा युवतीले मात्रै नभएर यस पर्वलाई समाजका सबै वर्ग र उमेर समूहका मानिसहरुले मनाउने गरेका छन्। भ्यालेन्टाइन साताव्यापी रुपमा मनाइने गरिन्छ । फेब्रुअरी ७ बाट भ्यालेन्टाइन मनाउन सुरु गरिने भएकाले यसको भ्यालेन्टाइन शुक्रबारबाट मनाउन सुरु गरिएको छ ।

जानिराखौं भ्यालेन्टाइनको एक सातामा कुन दिन कसरी मनाइन्छ अर्थात साताभरी प्रेमी प्रेमिकाले कुन दिन के उपहार दिएर मनाउने गर्छन् :

१. फेब्रुअरी ७ लाई भ्यालेन्टाइनको पहिलो दिनको रुपमा मनाइन्छ । यसदिन लाई ’रोज डे’ भन्ने गरिन्छ। यसदिनमा आफुले मन पराएको मान्छेलाई गुलाफको फूल दिएर मनाउने गरिन्छ। रातो गुलाफलाई प्रेमको प्रतिकको रुपमा लिने गरिन्छ।

२. फेब्रुअरी ८ अर्थात् भ्यालेन्टाइनको दोस्रो दिन, जसलाई ’प्रपोज डे’ भनिन्छ। यसदिन आफूले मनपराएको मान्छे वा आफू प्रेममा भएको मान्छेलाई प्रेमको प्रस्ताव अर्थात् ’आई लभ यू’ गरेर मनाइने गरिन्छ।

३. फेब्रुअरी ९ अर्थात् भ्यालेन्टाइन साताको तेस्रो दिन, जसलाई ’चकलेट डे’ भनिन्छ। यसदिन आफूले मनपराएको मान्छे वा प्रेमी प्रेमिकाले एकअर्कालाई चकलेट दिएर मनाइन्छ। साथै यसदिन चकलेटको मिठाससँगै आफ्ना मिठा मिठा सम्झनाहरुलाई साच्ने गरिन्छ।

४. फेब्रुअरी १० अर्थात् भ्यालेन्टाइन साताको चौथो दिन, जसलाई ’टेडी डे’ भनिन्छ। यसदिन आफूले मनपराएको मान्छे वा आफु प्रेममा भएको मान्छेलाई टेडी बियर उपहार दिएर मनाइने गरिन्छ। महिलाहरुलाई टेडी बियर निकै प्यारो हुन्छ।

५. फेब्रुअरी ११ अर्थात् भ्यालेन्टाइन साताको पाँचौं दिन, जसलाई ’प्रमिस डे’ भनिन्छ। यसदिन आफूले मनपराएको मान्छे वा आफू प्रेममा भएको मान्छेलाई कहिल्यै नछुट्टिने वाचा अर्थात् कसम दिइन्छ। यसदिनमा एक अर्कासँग खाएको कसम निकै खास हुने गर्दछ।

६. फेब्रुअरी १२ अर्थात् भ्यालेन्टाइन साताको छैंटौँ दिन, जसलाई ’हग डे’ भनिन्छ। यसदिन आफूले मनपराएको मान्छे वा आफू प्रेममा भएको मान्छेलाई अंकमाल गरेर आफ्नो भावना व्यक्त गरेर मनाइन्छ।

७. फेब्रुअरी १३ अर्थात् भ्यालेन्टाइन साताको सातौँ दिन, जसलाई ’किस डे’ भनिन्छ। यसदिन आफूले मनपराएको मान्छे वा आफु प्रेममा भएको मान्छेलाई चुम्बन गरी मनाउने चलन छ।

८. फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे, यसै दिनका लागि प्रेमी प्रेमिका वर्षदिनदेखि पर्खिरहेका हुन्छन्। यसदिन माया गर्नेहरुका लागि निकै खास मानिन्छ ।


२४ माघ २०७६, शुक्रवार ०९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु