सुदूरपश्चिममा थप ४० जनामा कोरोना संक्रमण, कैलालीका २५ जना थपिए
सुदूरपश्चिम प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको २ सय ७८ जनाको परीक्षणमा कैलालीका २५ सहित थप ४० जनामा संक्रमण पुष्टि भएको हो ।
जसअनुसार कैलालीको टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका सात जना, जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका र मोहयाल गाउँपालिकाका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार कैलालीका ठेगाना नखुलेका अन्य दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरि कञ्चनपुरको भीमदत्त नगरपालिकाका सात जना र पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका र बेलौरी नगरपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै अछामका तीन जना र डडेल्धुराको परशुराम नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
२२ कात्तिक २०७७, शनिवार १६:५३ बजे प्रकाशित













