घूस रकमसहित इन्जिनियर रंगेहात पक्राउ

नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इन्जिनियर घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरका इन्जिनियर पर्वत पौडेलसहित दुई जनालाई पक्राउ गरेको हो ।

टोलीले बेलकोटगढी नगरपालिका–९ तिगाउँका घर भर्इ विदुर नगरपालिका–२ बट्टारमा होटल सञ्चालन गर्दै आएका नारायण भट्टलाई पनि पक्राउ गरेको छ । बेलकोटगढी नगरपालिका–८ मा भूकम्प पीडितको लाभग्राही सूचीमा पार्नका लागि इन्जिनियर पौडेलले लाभग्राहीबाट रकम माग गरेका थिए ।

लाभग्राही सूचीमा पार्नका लागि होटल सञ्चालक भट्टमार्फत रकम लिन भनेका थिए । शनिबार बिहान होटल व्यवसायीले ५० र २५ हजारको दुई बन्डल सागर मिठाई पसलमा चिया पिउने क्रममा दिन लाग्दा आयोगका टोलीले रंगेहात पक्राउ परेको छ ।

यसअघि सोही नगरपालिकामा कार्यरत सबइन्जिनियर तथा निजामती कर्मचारी संगठन नुवाकोटका अध्यक्ष रहेका बद्री भण्डारी पक्राउ परेका थिए । त्यसैगरी जिल्ला वन कार्यालयकाट डिएफओ जयमंगल प्रसाद सूर्यगढीगाउपालिका–५ स्थित तादी लाइम स्टोनका लागि सहमति दिन झुलाएको आरोपमा पक्राउ परेका थिए ।


२२ कात्तिक २०७७, शनिवार १५:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु