कानूनमन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं लगियो
कोरोना संक्रमित सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई थप उपचारका लागि शुक्रबार हेलिकोप्टरमा काठमाडौं लगिएको छ । नाकबाट अत्यधिक रक्तस्राव भएपछि बिहीबार उनलाई धनगढीस्थित कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
रक्तस्राव रोकिए पनि लगातार आइरहेको ज्वरो कम नभएकाले थप उपचारका लागि काठमाडौं लगिएको मन्त्री शाहका स्वकीय सचिव जंग विकले जानकारी दिए । उनलाई यही कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
२१ कात्तिक २०७७, शुक्रवार १३:४६ बजे प्रकाशित































