साताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य
साताको अन्तिम दिन आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।
सुन आज तोलामा एक हजार रुपैयाँ बढ्दै प्रतितोला ९७ हजार दुई सय पुगेको छ । सुन हिजो प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँ बढ्दै प्रतितोला एक हजार दुई सय ५५ पुगेको छ । चाँदी मूल्यबहिजो प्रतितोला एक हजार दुई सय १० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
२१ कात्तिक २०७७, शुक्रवार ११:५४ बजे प्रकाशित































