punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पछिल्लो २४ घण्टामा तीन लाख बढी कोरोना संक्रमित संक्रमणमुक्त

Chaupati
safha napa

कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घण्टामा तीन लाख सात हजार ६२८ संक्रमितले कोरोनालाई जितेका छन्।

यससँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या तीन करोड ४६ लाख ३३ हजार ६८६ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७२।४१ प्रतिशत हो।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८३ लाख ८८ हजार ७४४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या एक करोड २५ लाख २५ हजार ४९४ रहेको छ।

नेपालमा बुधबार थप तीन हजार ८४४ सहित कूल एक लाख ४४ हजार ९७८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल ३६ हजार ९११ रहेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार भारतमा सबैभन्दा बढी ७७ लाख १० हजार ६३० जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि पाँच लाख २८ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।

विश्वमै संक्रमित धेरै हुने देशमध्ये पहिलो स्थानमा रहेको अमेरिकामा आजसम्म ६२ लाख ८२ हजार ८६६ जना उपचारपछि कोरोनामुक्त भएका छन्। अमेरिकामा हाल ३२ लाख ७३ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।


२० कात्तिक २०७७, बिहीवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु