अम्बिकाको नयाँ गीत ‘तिमी छौ यो मन भरी’
अम्बिका गुरुङको शब्दमा नयाँ गीत ‘तिमी छौ यो मन भरि’ सार्वजनिक भएको छ । गीतमा अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । गीतमा संगीत पुरुषोत्तम सुबेदीको रहेको छ ।
गीतको भिडियोमा भने सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । भावसागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गरेका हुन् ।
२० कात्तिक २०७७, बिहीवार ११:११ बजे प्रकाशित













