बैतडीमा गोरुले हानेर महिलाको मृत्यु

बैतडीमा गोरुले हानेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ निवासी ६० वर्षीया जयन्ती भण्डारीको आफ्नै गोरुले हानेर मृत्यु भएको हो ।

उनलाई खेतमा गहुँ छर्ने क्रममा गोरुले हानेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागि डडेलधुरा ल्याइएको थियो । तर उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।

सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको हिजो मृत्यु भएको प्रहरीले जनाएको छ ।


२० कात्तिक २०७७, बिहीवार ०८:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु