punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा ११ को परीक्षा सुरु

Chaupati
safha napa

कोरोना त्राससँगै कक्षा ११ को परीक्षा सुर भएको छ । परीक्षा बोर्डले डेढ घण्टाको मात्रै प्रश्नपत्र हुनेगरी कार्यतालिका प्रस्तुत गरेपछि परीक्षा दिन पुगेका विधार्थीलाई स्वास्थ्य सुरक्षाका सबै प्रक्रिया पुरा गरेपछि हलमा प्रवेश गराइएको छ।

संक्रमण दर तीव्ररुपमा बढिरहेको डडेल्धुरामा पनि परीक्षा दिन पुगेका विधार्थीलाई मास्क, सेनिटाइजर, शरीरको तापक्रम जाँच गरेर परीक्षा दिन लगाइएको छ ।

कोरोनाबाट बच्न र बचाउनका लागि परीक्षा हलमा जानुअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाइएको बालकल्याण माध्यमिक विध्यालयका प्रधानाध्यापक जगदिशसिंह भण्डारीले बताए ।

विधार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामग्री प्रयोगपछि मात्रै परीक्षा सुरु गरिएको प्रअ भण्डारीले बताए । कोरोनाका कारण लामो समयसम्म भएको लकडाउनले नियमित विद्यालय जान नपाएका विधार्थी परीक्षा दिइरहेका छन् ।

एकातिर कोरोनाको त्रास छ भने अर्कातिर नियमित पढ्न नपाइ परीक्षा दिँदा अन्यौल भएको बालकल्याण माविका एक विधार्थीले बताए । जिल्लामा ३२ वटा विद्यालयमा ११ र १२ को पढाइ हुनाका साथै सोही विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।

सम्बन्धित विद्यालयले आफ्नो अनुकुलता अनुसार परीक्षा संचालन गरिएको शिक्षा विकास तथा समन्वय इकाइ डडेल्धुराका निमित्त प्रमुख नारद जोशीले बताए । धेरै विद्यालयमा आजबाट परीक्षा सुरु भएका छन् भने कतिपय विद्यालयमा मगंलबारबाट सुरु हुने निप्रमुख जोशीले जानकारी दिए ।

साधारणतिरका विधार्थीभन्दा पनि प्राविधिक धारतिरकालाई परीक्षामा बढी समस्या भएको छ। कोर्ष पुरा नै नभइ परीक्ष दिनुपर्दा विधार्थीमा अन्यौलता छाएको हो । कोरोनाले गर्दा विधार्थीको भविश्य के हुने भन्ने विषयमा अभिभावकलाई समेत चिन्ता बढेको छ ।

 

 


१७ कात्तिक २०७७, सोमवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु