११ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्धा पक्राउ
मकवानपुरमा ११ वर्षीया बालिकामाथि बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा गढी गाउँपालिका–७ सुकौरा पोलदमारका ६० वर्षीय रनबहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।
रनबहादुरले ती बालिकालाई कार्तिक १२ गते जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ । घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका–१४ धापखर्कका २१ वर्षीय अशोक भन्ने एकबहादुर मगरलाई पनि आइतबार नै प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१७ कात्तिक २०७७, सोमवार १४:२९ बजे प्रकाशित













