विराटनगरको न्युरो अस्पतालमा कोरोना संक्रमितको मृत्यु

विराटनगरको न्युरो अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१२ का ५३ वर्षीय पुरुषको बिहान ८:५० बजेतिर मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए ।

स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक ६ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई होम आइसोलेसनमै राखिएको थियो । स्वास्थ्यमा समस्या थपिएपछि कात्तिक १५ गते थप उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

अस्पताल भर्ना गरेर उपचार थालिएको दुई दिन पनि बित्न नपाउँदै संक्रमिण पुरुषको ज्यान गएको आचार्यले बताए । उनका अनुसार मृतकमा कोरोना संक्रमणसँगै निमोनिया र उच्च रक्तचापको समस्या पनि देखिएको थियो ।

 

 


१७ कात्तिक २०७७, सोमवार १२:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु