punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा अरिङ्गालको टोकाईबाट बृद्धाको मृत्यु

Chaupati
safha napa

डोटीमा अरिङ्गालको टोकाईबाट एक बृद्धाको ज्यान गएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँझककानीको बाहुन टाक टोल बस्ने अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाईबाट मृत्यु भएको हो ।

लुहारलाई आइतबार वनमा गोठाला गएको बेलामा रुखमा गोलो बनाई बसेको अरिङ्गालले टोकेको थियो । अरिङ्गालको टोकाईबाट घाइते भएकी बृद्धालाई मौवा नगरदह स्वास्थ्यचौकीमा उपचार पछि आइतबार राति नै घरमा लगिएको थियो । सोमबार बिहान २ बजेतिर उनको मृत्यु भएको हो ।

यसअघि जिल्लाको सायल गाँउपालिकाकी दुई बालिकाको अरिङ्गालको टोकाईबाट ज्यान गएको थियो ।


१७ कात्तिक २०७७, सोमवार ०८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु