punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमण : निको हुनेको संख्या बढ्दै, कति पुगे ?

Chaupati
safha napa

विश्वभर हालसम्म कोरोना संक्रमितमध्ये ३ करोड ३७ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ३ करोड ३७ लाख ४९ हजार ३७४ जना कोरोनाबाट निको भएका हुन् ।

कोरोना संक्रमणबाट विश्वभर १२ लाख ५ हजार १९४ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ४ करोड ६८ लाख ९ हजार २५२ पुगेको छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३६ हजार ४७१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९४ लाख ७३ हजार ९११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७१ हजार ३२१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ३९९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४९३ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ४६ हजार ४४१ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ४५ हजार ७०५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २०२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६० हजार १०४ पुगेको छ ।


१७ कात्तिक २०७७, सोमवार ०८:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु