कैलालीका १६ र कञ्चनपुरका ९ जनामा कोरोना पुष्टि
कैलाली र कञ्चनपुरमा आज थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ८४ जनाको परीक्षणमा थप २५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये कैलाली १६ र कञ्चनपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिकाका मात्र ९ जनामा संक्रमण पुष्टि भएको छ ।
उपमहानगरपालिकाको वडा नम्बर १ का २ महिला र ४ पुरुष गरी ६ जना, वडा नम्बर ४ का १ जना र वडा नम्बर ५ का २ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । यस्तै टीकापुर नगरपालिकाका ३ महिला र १ पुरुष गरी ४ जना,घोडाघोडी नगरपालिकाका २ पुरुष, गोदावरी नगरपालिकाका १ जनामा पनि कोरोना संक्रमण देखिउको उनले बताए ।
यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ महिला र ५ पुरुष गरी ७ जना, पुनर्वास नगरपालिका र बेल्डाडी गाउँपालिकाका १र१ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
१४ कात्तिक २०७७, शुक्रवार १५:३३ बजे प्रकाशित































