punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एउटा बुवाको सौभाग्य : आफ्नै छोराको चौरासी पूजा !

Chaupati
safha napa

नगलपरासी (बर्दघाट सुस्ता पश्चिम)का एक बुवाले आफ्नै छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्।

बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए।

बुवाले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासी अचम्मित भई बुवा केशवराजसँग आशीर्वाद लिइरहेका थिए। चौरासी पूजामा बाबुछोराकै आशीर्वाद लिन पाउनु नौलो भएको स्थानीयवासी राजकुमार श्रेष्ठले बताए।

बुवा केशवराज अहिले पनि स्वस्थ्य छन्। खेतीपातीमै जीवन बिताएका बुवालाई अहिलेसम्म कुनै औषधि खुवाउनु नपरेको उनका साहिँला छोरा हरिप्रसादले बताए। केशवराजका चार छोरामा ८४ वर्षीय दधिरामसहित ८० वर्षीय ऋषिराम, ७७ वर्षीय हरिप्रसाद र ६३ वर्षीय डा बाबुराम छन्।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै केशवराजले आशीर्वाद लिन आउने सबैलाई स्वस्थ, सुखी र खान पुगोस् भनी आशीर्वाद दिएका छन्। आफूले यस्तो दृश्य पहिले नदेखेको तर आफ्ना बुवाले चौरासी पूजा गरिदिँदा निकै खुसी लागेको छोरा दधिरामले बताए।

विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिएका ज्ञवालीका चार छोरा अहिले पनि छन्। उनको अहिले पाँचौँ पुस्ता (खनाति) चलिरहेको छ। उनका खनाति शिवम् दुई वर्ष पूरा भएका छन् जो २०७६ साउनमा जन्मेका हुन्। साहिँला छोरा हरिप्रसादका नाति शिवम् र वृद्ध केशवराजको उमेर ठिक १०० वर्षले फरक छ।


१४ कात्तिक २०७७, शुक्रवार १६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु