punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दशैंबीच कोरोना संक्रमण र मृत्युदर हालसम्मकै धेरै भएको ‘रेकर्ड’, कतिले गुमाए ज्यान ?

Chaupati
safha napa

नेपालमा दशैंको बीचमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्युदर हालसम्मकै धेरै भएको तथ्यांक छ । यो अवधिमा एक सय ८९ जनाले ज्यान गुमाएका छन् ।

रिब दुई साताको अवधिमा थपिएका ३८ हजार ५८१ जना संक्रमितमध्ये एक सय ८९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कार्तिक १ गते (घटस्थापना) देखि आज शुक्रवार कोजाग्रत पूर्णिमा देखि समाप्त हुँदैछ।

घटस्थापनाको दिन तीन हजार १६७ जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि हालसम्मकै सबैभन्दा बढी कार्तिक ५ गते पाँच हजार ७४३ जना संक्रमित पहिचान भएका थिए। जुन दैनिक संक्रमितको संख्याको हालसम्मकै उच्च हो।

त्यसपछि कार्तिक ११ गते दशैँको भोलिपल्ट जम्मा ५७० जनामा संक्रमण पुष्टि भएको थियो। यसबीच एक लाख ६४ हजार २९ जनाको नमुना परीक्षण भएको छ। दैनिक औषतमा १२ हजार ६१७ जनाको परीक्षण भएको छ। यो तथ्यांक हेर्दा ४.२५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्‍टि भएको छ। कुल परीक्षण भएका मध्ये २३.५० प्रतिशत संक्रमित पुष्टि भएका छन्।

त्यस्तै पछिल्लो दुई सातामा १८९ जना कोभिड.१९ का संक्रमितको मृत्यु भएको छ। जुन दैनिक औषतमा १४.५ जनाको मृत्यु हो। यसबीच देशभरमा कुल संक्रमितको संख्या एक लाख ६४ हजार ७१८ पुगिसकेको छ। कुल संक्रमित मध्ये ०.५ प्रतिशत अर्थात ९०४ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै एक लाख २४ हजार ८६२ अर्थात ७५.८ प्रतिशत निको हुँदा ३८ हजार ९५२ जना अझै पनि आइसोलेसनमा रहेका छन्। यसबीच औषतमा दैनिक दुई हजार ९ सय ६७.८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।


१४ कात्तिक २०७७, शुक्रवार १३:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु