सुनको मूल्य घट्यो, कतिमा झर्यो ?
सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घटेको छ । सुन आज प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने यथावत छ । आज पनि चाँदी प्रतितोला एक हजार एक सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।
१४ कात्तिक २०७७, शुक्रवार १२:५५ बजे प्रकाशित































