पत्रकार चौलागाईंको निधन
काभ्रे पोस्टका सम्पादक विष्णु चौलागाईंको आज बिहान ४ बजे निधन भएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएपछि १५ दिनअघि ओम अस्पताल चाबहिलमा भर्ना भएका चौलागाईंको उपचारकै क्रममा निधन भएको हो ।
पछि पुनस् कोरोना जाँच ९पीसीआर० गर्दा रिपोर्ट नेगेटिभ देखिए पनि फोक्सोमा रहेको समस्याका कारण उनी अस्पतालमै उपचाररत थिए । काभ्रे चौंरी देउरालीमा जन्मिएका चौलागाईंका एक छोरा र एक छोरी छन् ।
१४ कात्तिक २०७७, शुक्रवार १०:२० बजे प्रकाशित































