punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली र कञ्चनपुरका थप १२ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

कैलाली र कञ्चनपुरका थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा २ सय ४७ जनाको परीक्षण गरिएकोमा कलालीका आठ र कञ्चनपुरका चार जना गरि १२ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का ४ जना, वडा नम्बर ३ र ६ का एक÷एक जना, ठेगाना नखुलेका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यस्तै कैलालीकै गोदावरी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका १ जना र ठेगाना नखुलेका ३ जनामा संक्रमण देखिएका अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।


१३ कात्तिक २०७७, बिहीवार १५:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु