punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना संक्रमणबाट कांग्रेस नेता पुनको निधन

Chaupati
safha napa

कोरोना संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको निधन भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार निधन भएको हो । मंगलबार पुनलाई कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो ।

डोटीको केआई सिंह गाउँपालिका—४ वायल निवासी पुनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । कोरोना संक्रमणबाट मृत्यु हुने पुन डोटीका पहिलो व्यक्ति हुन् । डोटीमा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ७२ पुगेको छ ।


५ कात्तिक २०७७, बुधवार १८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु