punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छुट्टाछुट्टै दुर्घटनामा कैलालीमा दुई जनाको मृत्यु, तीन घाइते

Chaupati
safha napa

कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाष्ते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत चिसापानीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लम्कीचुहा नगरपालिका १ का रंगप्रसाद न्यौपानेको मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

न्यौपानेले चलाएको सु.प.प्र. ०१००८ प १६२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाइते भएपछि उपचारका लागि लालरत्न अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको हो।

सोही मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका वडा नम्बर १ कै ३९ वर्षीय जयप्रकाश न्यौपोने र ५० वर्षीय जन्मजय न्यौपाने घाइते भएका छन्। उनीहरुको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

यस्तै, बसको ठक्करबाट लम्कीचुहा नगरपालिका ९ की ३५ वर्षिया भागरथी रेग्मीको मृत्यु भएको छ।

बर्दगोरिया गाउँपालिका ४, चमेलीपुरमा सुदूरपश्चिम प्रदेश ००१ ख २३०९ नम्बर मोटरसाईकमा सवार रेग्मीलाई सोही दिशातर्फ गइरहेको से १ प ९५७ नम्बरको बसले ठक्कर दिएको थियो।

मोटरसाईकलका चालक लम्कीचुहा नगरपालिका ९, प्रतापुरका रामबहादुर चौधरी घाइते भएको प्रहरीले जनाएको छ। उनको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको छ।

ठक्कर दिने बसका चालक खकेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय सुखडका पमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए। रेग्मी नेपाली कांग्रेसकी कैलाली क्षेत्र नम्बर २ की क्षेत्रीय कोषध्यक्ष हुन्।


६ कात्तिक २०७७, बिहीवार ०८:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु