जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा एसपी देउवालाई खटाइयो

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक (एसपी) दिलिप देउवालाई खटाइएको छ।

दंगा नियन्त्रण प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत एसपी देउवालाई आजदेखि काजमा कैलाली खटाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले जानकारी दिए।

अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज सहायक प्रहरी निरीक्षक गोविन्द बिकको हत्या भएपछि देउवालाई काजमा खटाइएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुपम शमशेर जवरालाई कोरोना पुष्टि भएपछि उनी काठमाडौंमा छन्।


३ कात्तिक २०७७, सोमवार १५:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु