थप ३७९० जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित संख्या ४० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७१४ जनाको पिसिआर परीक्षणमा उनीहरु संक्रमित देखिएका हुन्।

योसंगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ३३५ छ। संक्रमित बढेसंगै देशभर सक्रिय संक्रमितको संख्या ४ण् हजार ७७८ पुगेको छ ।

यस्तै, हालसम्म ९४ हजार ५०१ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।


३ कात्तिक २०७७, सोमवार १६:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु