विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नाघ्यो, एकैदिन थपिए यति धेरै
विश्वभर हालसम्म कोरोना संक्रमितको संख्या ४ करोड २ लाख ६३ हजार ७३४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ लाख २४ हजार बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये अहिलेसम्म ३ करोड १ लाख ७ हजार ५८ जना निको भएका छन् । यस्तै एकै दिन थप ३ हजार ९७१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ११ लाख १८ हजार १६७ पुगेको छ ।
सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८३ लाख ८७ हजार पुगेको छ ।दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७५ लाख ८८ हजारमा संक्रमण पुष्टि भएको छ ।
यस्तै ब्राजिलमा संक्रमित संख्या ५२ लाख ३५ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३९ हजार ४७ जनाको मृत्यु भएको छ । ७० लाख ३ हजार १८ जना संक्रमित भएकोमा ३२ लाख ४ हजार ९८ जना संक्रमणमुक्त भएका छन् ।
३ कात्तिक २०७७, सोमवार ०७:४६ बजे प्रकाशित












