साढे १ करोड मूल्य बराबरको यार्सागुम्बासहित एक जना पक्राउ

दार्चुलाको महाकाली नगरपालिकाबाट एक करोड मूल्य बराबरको यार्सागुम्बासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वडा नम्बर ४ पुलघाटबाट करिब १ करोड ५७ लाख ५९ हजार रुपैयाँ मूल्य बराबरको १७ किलो ५ सय १० ग्राम यार्चागुम्बासहित हुम्ला नाम्खा गाउँपालिका–३ बस्ने ३५ वर्षीय दोकार लामालाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो।

शंका लागि जाँच गर्दा उनले बोकेको २ वटा झोलाभित्र प्लाष्टिकमा बेरेर टाँचा लगाई ५ वटा पोकामा लुकाई राखेको अवस्थामा यार्चागुम्बा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले जनाएको छ।

बरामद यार्चागुम्बा सहित उनलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय दार्चुला पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।


२ कात्तिक २०७७, आइतवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु