तीन दिन कोरोना परीक्षण बन्द गरिने

सरकारले तीन दिन कोरोना परीक्षण बन्द गर्ने निर्णय भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  दशैका लागि कार्तिक ९, १० र ११ गते पीसीआर परीक्षण गर्ने जनाएको हो।

आइतबारको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले महानवमी, विजयादशमी र एकादशीका दिन कोरोनाको पीसीआर परीक्षण नगरिने जानकारी दिएका हुन्।

अहिले देशभरका प्रयोगशालामा दैनिक पीसीआर परीक्षण गर्ने र स्वास्थ्य मन्त्रालयले त्यसको तथ्यांक जानकारी गराउने गरेको छ। तीन दिनपछि भने फेरि नियमितब्रुपमा नै परीक्षण परीक्षण गरिने जनाइएको छ ।


३ कात्तिक २०७७, सोमवार ०८:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु