punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हत्यारालाई कारबाही माग गर्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

Chaupati
safha napa

धनगढीको जुगेडामा कार्यरत असई गोविन्द विकको हत्यारा पत्ता लगाई कारबाही गर्न माग गर्दै आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कैलाली अगाडि प्रदर्शन गरिरहेका छन् ।

कञ्चनपुरबाट पुगेका आफन्त र स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि चक्काजाम गर्दै प्रदर्शन गरेका हुन्। असई बिकको स्थायी घर कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–८ ‘ख’ मा हो । २८ वर्षीय विकको शव आज बिहान मोहना नदीमा फेला परको थियो।

शव धारिलो हतियारले घाँटी काटिएको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा सोही क्षेत्रबाट ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

असईसँगै बेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अज्ञात छ । प्रहरीले खोजी कार्य जारी राखेको छ । उनले प्रयोग गर्ने मोबाइल भने नदीमा फेला परेको प्रहरीले जनाएको छ ।


२ कात्तिक २०७७, आइतवार १८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु