थप २ हजार ९४२ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १५ हजार ८७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज थपिएका संक्रमितमध्ये काठमाडौंका मात्रै एक हजार ६९८ जना रहेका छन् । यससँगै देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ पुगेको छ ।
यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३२६ जना निको भएसँगै हालसम्म कुल निको हुनेको संख्या ९२ हजार १६६ पुगेको छ ।
यस्तै आज कोरोनाबाट थप १२ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको कुल संख्या ७३९ पुगेको छ। हालसम्म कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् ।
२ कात्तिक २०७७, आइतवार १६:४६ बजे प्रकाशित












