राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख देवराज घिमिरेबीच भेट भएको छ । सभामुखका संचार विज्ञ शेखर अधिकारीका अनुसार विहीबार साँझ ७ बजे शीतल निवासमा भेट भएको हो ।
भेटमा सभामुख घिमिरेले संसद बस्नुपर्ने र बोलाउनुपर्ने धारणा राखेका थिए । साथै पछिल्लो परिस्थितिको निकासबारे के सोच्नुभएको छ भनेर राष्ट्रपतिलाई सोधेका थिए । ‘सभामुखज्यूले संसद बस्नुपर्छ । बोलाउनुपर्छ भन्नुभयो । साथै पछिल्लो परिस्थितिको निकासको बारे के सोच्नुभएको छ भनेर जिज्ञासा राख्नुभयो,’ सञ्चारविज्ञ अधिकारीले भने, ‘राष्ट्रपतिले संविधानको अधिनमा रहेर संविधानभित्रैबाट निकास खोज्छु भन्नुभएको छ ।’
राष्ट्रपति पौडेलले संसद विघटनबारे पनि चासो राखेका थिए । राष्ट्रपतिसँगको भेटपछि सभामुख घिमिरेले पछिल्लो परिस्थितिको निकासका लागि कानुनविद्सँग छलफल गरेका छन् ।
२७ भदौ २०८२, शुक्रवार ००:२२ बजे प्रकाशित













