जेन–जी’ आन्दोलनमा खोसिएका हातहतियार बुझाउन, पोशाकको दुरुपयोग नगर्न प्रहरीको आग्रह
धनगढी। नेपाल प्रहरीले ‘जेन–जी’ आन्दोलनका क्रममा खोसिएका हातहतियार, सञ्चार साधन, गाडी, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परेमा बुझाउन आग्रह गरेको छ।
प्रहरी प्रधान कार्यालयले आज विज्ञप्ति निकालेर हातहतियारलगायत सामग्री बुझाउन आग्रह गरेको हो । स्थानीय प्रहरी, सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल नम्बर, टोल फ्री नम्बर, नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पर्क गरी बुझाउन सकिनेछ।
यस्तै आन्दोलनका क्रममा नियन्त्रणमा लिएको प्रहरी पोशाकको दुरुपयोग नगर्न पनि विज्ञप्तिमार्फत आग्रह गरिएको छ।
२६ भदौ २०८२, बिहीवार १५:२२ बजे प्रकाशित













