सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन शितलनिवासमा छलफल जारी
काठमाडौँ । जेनजीको मागअनुसार नयाँ सरकार गठनकालागि शितलनिवासमा छलफल चलिरहेको छ। राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, प्रधानसेनापति अशोकराज सिग्देल, पूर्वप्रधानन्यायधीश सुशीला कार्की, केही कानुन व्यवसायी र जेनजीका प्रतिनिधिबिच छलफल चलिरहेको हो।
छलफलमा सहभागी एक अधिकारीका अनुसार पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउनेमा सहमति जुटेको छ। तर, कुन प्रक्रियाबाट नियुक्ति गर्ने भन्नेमा सहमति जुटेको छैन । सभामुख घिमिरेले संसद बिघटनको विषय स्वीकार गरेका छैनन्। जेनजीका प्रतिनिधिले भने संसद विघटन गर्नैपर्ने अडान राखेका छन्।
राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका विषयमा विभिन्न दलका नेताहरुसँग पनि छलफल गरेको बताइएको छ । दलहरुले संविधानअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। आज सहमति जुटेमा शुक्रबार बिहान नयाँ प्रधानमन्त्रीको सपथ हुनेछ।
२७ भदौ २०८२, शुक्रवार ०१:५७ बजे प्रकाशित
















