punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यक्रममा ७ सांसद अनुपस्थित

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यक्रममा ७ सांसद अनुपस्थित भएका छन्। नेपाली काँग्रेस दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहले बुधवार एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनससहित विश्वासको मत लिएका थिए।

शाहले विश्वासको मत लिने कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का खगराज भट्ट, रमेश धामी, झपटबहादुर साउँद, जानकी कुँवर पौडेल र शिवसिंह ओली उपस्थित भएनन। माओवादी संसदीय दलका उपनेता अक्कलबहादुर रावलले रमेश धामी भारतको धार्मिक यात्रामा रहेका बताए। उनले प्रदेश सभा सदस्य खगराज भट्ट पार्टीको केन्द्रीय बैठकका लागि काठमाडौँ गएको बताए। रावलले भने, ‘विश्वासको मतका लागि हामीले ह्विप लगाएनौ। मतदानमा नआएपनि हुने थियो। रमेश जी धार्मिक यात्रामा हुनुहुन्छ। सूचना नपुगेको पनि हुन सक्छ।’ राप्रपाका खेमादेवी विष्ट पनि बुधवारको विश्वासको मत लिने कार्यक्रममा अनुस्थित भएकी छन्। प्रदेश सभा सदस्यहरूले अनुपस्थित हुनाको कारण भने प्रदेश सभालाई जानकारी गराएका छैनन।

सुदूरपश्चिममा ५३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ अर्थात् ३६ मत पाएका छन्। उनको विपक्षमा ८ मत मात्र पुगेको छ। स्वतन्त्र प्रदेश सभा सदस्य तारा जोशी तटस्थ बसेका छन्। विश्वासको मतको विपक्षमा माओवादीका १०, नेकपा (एकीकृत समाजवादी) का चार र राप्रपाका एक गरेर १५ मत खस्नु पर्नेमा आठ मत मात्र खसेको हो।

 


३१ साउन २०८१, बिहीवार ११:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु