सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?
बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
३१ साउन २०८१, बिहीवार ११:२२ बजे प्रकाशित













