punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा काङ्ग्रेसले टुङ्ग्यायो मन्त्रीको नाम, खड्का र थापा मन्त्री बन्दै

Chaupati
safha napa

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाएको छ ।

बैठकले मेघराज खडकालाई प्रदेश सामाजिक विकास मन्त्री र बहादुर सिंह थापालाई आर्थिक मामिला मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।

यस्तै सरस्वती खडकालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्य मन्त्री बनाउने निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज ३ बजे पद तथा गोपनीयताको सपथ लिँदैछन् । उनले आजै मन्त्रिपरिषदलाई पूर्ण्ता दिँदैछन् ।


२१ साउन २०८१, सोमवार १४:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु