सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले लिए शपथ
कैलाली । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री कमल बहादुर शाहलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
उक्त समारोहमा प्रदेश प्रमुख मियाँले अन्य ६ मन्त्रीहरूलाई पनि पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । त्यस्तै मुख्यमन्त्री शाहले राज्यमन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
सुदुरपश्चिम प्रदेश सरकारमा नेपाली काँग्रेसबाट मुख्यमन्त्री शाहसँगै आर्थिक मामिला मन्त्रीमा बहादुरसिहं थापा, सामाजिक विकास मन्त्रीमा मेघराज खड्का, सामेल छ्न् ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा सुरेन्द्रबहादुर पाल, भूमी, व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा वीरबहादुर थापा, आन्तरिक मामिला तथा कानून मन्त्रीमा हिरा सार्की रहेका छ्न् ।
त्यस्तै नागरिक उन्मुक्तिबाट लक्ष्मणकिशोर चौधरीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीको जिम्मेवारी प्राप्त गरेका छन् ।
राज्यमन्त्रीहरुमा आर्थिक मामिला राज्यमन्त्रीमा काङ्ग्रेसका प्रकाश बम र सामाजिक विकास राज्यमन्त्रीमा सरस्वती खड्का र एमालेबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा निर्मला साउँद छन् ।
एमालेका पाल, थापा र सार्की यसअघि पनि मन्त्री बनेका थिए।
२१ साउन २०८१, सोमवार २३:०४ बजे प्रकाशित