punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विदेशी मुद्रासहित विमानस्थलबाट दुई जना इरानी नागरिक पक्राउ

Chaupati
safha napa

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित दुई जना इरानी नागरिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय याजदनियर मजिदैही र उनकै श्रीमती ३५ वर्षीया पेगह तहेरी रहेका छन् ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ह्‍याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रूपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी फेला पारेको जनाएको छ ।

प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाएको छ ।


१७ असार २०८१, सोमवार १४:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु