punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोकिनसहित दुई जना तानजेनियन नागरिक पक्राउ

Chaupati
safha napa

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ स्थित होटल ग्यालेरीबाट अवैध लागूऔषध कोकिन १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्रामसहित २ जना तानजेनियन नागरिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा तानजेनियन नागरिकहरू ५२ वर्षीय रमाधानी सिम्बाम्वाबुम्बा र ५६ वर्षीय ट्वालिब किपेभु पशुव रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर २०४ बाट रमाधनीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम र सोही होटलको कोठा नम्बर २०५ बाट तलिबलाई जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित पक्राउ गरेको हो ।

उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


१७ असार २०८१, सोमवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु