punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुप विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड, समाजवादी विद्यार्थी नेताद्धारा भागबन्डाको माग

Chaupati
safha napa

शुक्रबार दिउँसो सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ। नेकपा समाजवादीनिकट अनेरास्ववियूका नेताहरूले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् ।

उनीहरूले परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा रहेका टेबुल,सिसा, कुर्सी,कम्प्युटर, कागजपत्र भएको दराजसहित तोडफोड गरेका छन् । परीक्षा नियन्त्रक देवसिंह नाथले सीधै १२–१५ जना समाजवादीका नेता –कार्यकर्ता आएर हाम्रो लगाएको ताला किन तोडेको भन्दै छापामार शैलीमा तोडफोड गरेको बताए।

हामी दुवैजना आ–आफ्नो कार्यकक्षमा नियमित कामकाज गरिरहेका बेला ‘एक्कासि आएर अराजक शैलीमा तोडफोड गरेको उनले बताए। समाजवादीनिकट विद्यार्थी संगठनले भागबन्डा मागेकै कारण तालाबन्दी गरेको परीक्षा नियन्त्रक नाथले बताए। ६र६ पटक हामीहरू उनीहरूसँग वार्तामा बसीसकेको तर, भाग चाहियो भन्दा हाम्रो स्तरबाट भाग दिनसक्ने कुरो नभई भागका लागी कार्यकारीसँग माग्न भनेको परीक्षा नियन्त्रक नाथले बताए ।

अनेरास्ववियूले कार्यकक्ष तोडफोड गरेपछि परीक्षा नियन्त्रण कार्यालयको कामकाज प्रभावित भएको छ। अनेरास्ववियू कञ्चनपुरले भने उक्त घटना सिर्जना हुनुमा स्वयं परीक्षा नियन्त्रक नाथसहित विश्वविद्यालयका पदाधिकारी जिम्मेवार रहेको बताएको छ। अनेरास्ववियू कञ्चनपुरका नेता तोयराज जोशीले परीक्षा नियन्त्रण कार्यालयबाट भएको त्रुटिलाई सच्याउनुपर्ने माग अघि सारेर तालाबन्दी गरिएको र आफूहरूसँग सल्लाह नै नगरी विद्यार्थी लगाएर परीक्षा नियन्त्रक नाथसहित उपपकुलपति डा।अम्मराज जोशी, रजिस्ट्रार यज्ञराज पाठकले बहुबलीका भरमा ताला तोडेपछि परिस्थिति सिर्जना भएको बताए।

हामीले कहीँकतै भाग नमागेको उनले बताए। हामीले स्नातक तह छैटौँ सेमेस्टर समाजशास्त्र विषय प्रश्नपत्रमा त्रुटि गर्नेमाथि कारबाहीको माग अघि सारेका बताए । समाजवादीनिकट अनेरास्ववियूले गत १८ साउनमा लगाएको ताला १० भदौमा तोडिएको थियो। विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तोडफोड गर्नेमाथि कानुनी कारबाहीको माग गरेको छ। यस्तै, अनेरास्ववियूले उक्त घटनाको जिम्मा लिँदै परीक्षाजस्तो विषयमा त्रुटि गर्नेमाथि कारबाहीको माग गरेको छ।परीक्षा नियन्त्रण कार्यालयदेखि केन्द्रीय कार्यालयसम्म बेथिति बढिरहेका वेला अनेरास्ववियूले सचेत मात्रै गराएको उनीहरूको दाबी छ। अनेरास्ववियूले गलत कार्य गर्नकै लागि परीक्षा नियन्त्रण कार्यालयमा सिसिटिभी जडान नभएको बताएको छ।

 


१५ भदौ २०८०, शुक्रवार १६:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु