punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली भन्सारमा प्लान्ट क्वारेन्टाइन नहटाउन वाणिज्य संघले बुझायो ज्ञापनपत्र

Chaupati
safha napa

कैलाली भन्सार कार्यालयमा तीन वर्ष अगाडि स्थापना गरिएको प्लान्ट क्वारेन्टाइन टुरमुकाम कार्यालय नहटाउन ज्ञापनपत्र बुझाइएको छ। कैलालीको उद्योग वाणिज्य संघले टुरमुकाम बन्द नगर्न जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो।

साउन २८ गतेदेखि कैलाली भन्सार कार्यालय परिसरमा रहेको प्लान्ट क्वारेन्टाइनको मोहना टुरमुकाम कार्यालय बन्द रहेको छ। कार्यालमा कार्यरत कर्मचारी अध्ययन विदामा गएका बेला प्लान्ट क्वारेन्टाइन तथा विषादी परीक्षण केन्द्र काठमाडौले टुरमुकाम कार्यालयमा कर्मचारी नपठाएर बन्द गर्न खोजेको छ। कैलाली भन्सार भएर भारतबाट आउने खाद्यान्न, फलफूल र तरकारीको विषादी र किराको परीक्षण गरेर निकासी र पैठारी म्को इजाजत दिने काम टुरमुकाम कार्यालयले गर्दै आएको थियो।

अहिले कर्मचारी नहुँदा आयात–निर्यात ठप्प भएको छ। कैलाली उद्योग वाणिज्य संघले प्लान्ट क्वारेन्टाइन कार्यालय मोहना टुरमुकाम कार्यालय बन्द नगर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई शुक्रवार ज्ञापनपत्र बुझाएको हो। उद्योग वाणिज्य संघले सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी जोशीले प्रमुख जिल्ला अधिकारी मार्फत समस्या समाधान गर्न आवश्यक समन्वय गर्ने बताएका छन्।

 

 


१५ भदौ २०८०, शुक्रवार १५:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु