punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आइसिसी महिला टि–२० विश्वकपमा नेपालको दोस्रो जित

Chaupati
safha napa

आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

मलेसियाको क्वालालम्पुरमा शुक्रवार भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो। जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाई लक्ष्य पूरा ग¥यो। नेपालका लागि कविता कुवँरले अविजित १७ रनको योगदान दिइन्। उनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १७ रन बनाएकी हुन्। त्यस्तै सीता रानामगरले अविजित २ रन जोडिन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै ३१ रन बनाएको थियो।

बहराइनका लागि कप्तान दीपिका रसङ्गिकाले सर्वाधिक ११ रनको योगदान दिइन्। त्यसबाहेक बहराइनका अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। बहराइलाई सस्तैमा समेट्ने क्रममा नेपालकी इन्दु बर्माले तीन विकेट लिइन् भने खुसी डङ्गोलले दुई विकेट झारिन्। कविता कुँवर, पूजा महतो र रुबिना क्षत्रीले समान एक एक विकेट लिए।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले मलेसियालाई ५ रनले पराजित गरेको थियो। अब नेपालले आफ्नो तेस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।

 


१५ भदौ २०८०, शुक्रवार १७:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु