punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले गर्‍यो प्रदेश इन्चार्ज हेरफेर, सुदुरपश्चिममा छविलाल, कर्णालीमा लेखराज अरुमा को ?

Chaupati
safha napa

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय सचिवहरूलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको हो ।

सचिवालयको बैठकले सुदूरपश्चिम प्रदेशका इन्चार्जका रूपमा छविलाल विश्वकर्मा, कर्णाली प्रदेशको इन्चार्जका रूपमा लेखराज भट्ट, लुम्बिनी प्रदेशको इन्चार्जका रूपमा पद्मा अर्याल, गण्डकी प्रदेशको इन्चार्जका रूपमा गोकर्ण बिष्ट, मधेस प्रदेश इन्चार्जका रूपमा योगेशकुमार भट्टराई र कोशी प्रदेश इन्चार्जका रूपमा रघुवीर महासेठलाई जिम्मेवारी दिएको हो ।

बागमती प्रदेशको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको केन्द्रीय संगठन विभागको प्रमुखका रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिइएको छ भने प्रचार तथा प्रकाशन विभागको संयोजकका रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिइएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।


१९ जेठ २०८०, शुक्रवार २३:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु