punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुल जनसंख्याको ८१.१९ प्रतिशत हिन्दु धर्मावलम्बी

Chaupati
safha napa

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा ८१ प्रतिशतभन्दा बढीले हिन्दु धर्म मान्ने देखाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आज जारी गरेको विज्ञप्तिअनुसार नेपालमा हाल ८१.१९ प्रतिशत जनसंख्या हिन्दु रहेको छ ।

दुई करोड ९१ लाख ६४ हजार पाँच सय ८७ कुल जनसंख्यामध्ये एक करोड एक लाख ५९ हजार सात सय ९० पुरुष तथा एक करोड दुई लाख तीन हजार सात सय ५९ महिला हिन्दु धर्मावलम्बी छन् ।

यसैगरी, ८.२१ प्रतिशत बौद्ध, ५।०९ प्रतिशत इस्लाम, ३.१७ प्रतिशत किराँत धर्मावलम्बी छन् । १.७६ प्रतिशत क्रिश्चियन, ०.३५ प्रतिशत प्रकृतिपूजक, ०.२३ प्रतिशत बोन, ०.०१ प्रतिशत जैन, ०.०१ प्रतिशत जैन धर्मावलम्बी रहेको तथ्यांकमा उल्लेख छ ।

राष्ट्रिय तथ्यांक कार्यालयल आज नेपालको जातजाति, भाषा तथा धर्मसम्बन्धी तथ्यांकीय नतिजा सार्वजनिक गरेको हो । कार्यालयले गत १० चैतमा १२औँ राष्ट्रिय जनगणनाको संक्षिप्त विवरण सार्वजनिक गरेको थियो ।


२० जेठ २०८०, शनिवार ००:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु