punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलराम विश्वकर्माले जिते ‘हिमालय लोकस्टार’को उपाधि

Chaupati
safha napa

 साङ्गीतिक रियालिटी शो ‘हिमालय लोकस्टार’को उपाधि बलराम विश्वकर्माले जितेका छन्। बुधवार काठमाडौंमा भएको ‘ग्रान्ड फिनाले’मा विश्वकर्मा लोकस्टारको पहिलो सिजनको विजेता घोषित भएका हुन्।

शिर्ष पाँच फाइनालिस्टलाई पछि पार्दै विजेता बनेका विश्वकर्माले १५ लाख रुपैयाँ पुरस्कार समेत पाएका छन्।

फिनालेमा बलरामसहित पीएन साइँला, सन्तोष क्षेत्री, विकास परियार, किरण बिसी र राजेन्द्र घर्तीमगर भिडेका थिए।

त्यसैगरी, लोकस्टारको फर्स्ट रनरअप घोषित भएका पीएन साइँलाले तीन लाख रुपैयाँ पुरस्कार पाए। सेकेन्ड रनरअप बनेका सन्तोषले दुई लाख रुपैयाँ हात पारे।

 


१४ वैशाख २०८०, बिहीवार ०७:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु