आईपीएल क्रिकेटमा बैंगलोरलाई २१ रनले हराउँदै कोलकाताको जीत
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट अन्तर्गतको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई २१ रनले हराउँदै कोलकाता नाइट राइडर्सले जितेको छ ।
शुरूआती ब्याटिङ गर्दै कोलकाताले २०० रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेंगलोरले ८ विकेटमा १७९ रन बनायो । बेंगलोर २१ रनले पराजित भयो ।
चालू सिजनमा कोलकाताको यो तेस्रो जीत हो । बुधवार रातिको जीतसँगै कोलकाताले ४ हारको सिलसिला तोडेको छ ।
१४ वैशाख २०८०, बिहीवार ०७:५१ बजे प्रकाशित































