punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमबाप्पे राष्ट्रिय टिमको कप्तानमा नियुक्त

Chaupati
safha napa

सन् २०२२ को विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता केलियन एम्बाप्पे फ्रान्सको राष्ट्रिय फुटबल टोलीको नयाँ कप्तानमा नियुक्त भएका छन् ।

यसअघिका कप्तान गोलकिपर हुगो लोरिसले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएपछि फ्रान्सले २४ वर्षीय एम्बाप्पेलाई कप्तानमा नियुक्त गरेको हो ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकपको उपाधि दिलाउन र सन् २०२२ मा विश्वकपमा उपविजेता बनाउन एम्बाप्पेले महत्वपूर्ण योगदान पुर्‍याएका एमबाप्पेको कप्तानीमा फ्रान्सले युरोपियन फुटवलमा नयाँ चमात्कार देखाउने विश्वास गरिएको छ ।

हाल एम्बाप्पे पेरिस सेन्ट जर्मन पीएसजी क्लबबाट व्यवसायिक फुटबल खेल्छन्, जहाँ विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, ब्रजिलियन फुटबल स्टार नेयमारसहितका विश्व चर्चित खेलाडीहरु आबद्ध रहेका छन् ।


८ चैत २०७९, बुधवार ०८:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु