punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम विश्वविद्यालयका १० आंगिक क्याम्पसमा स्ववियु निर्वाचन सुरु

Chaupati
safha napa

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत १० वटा आंगिक क्याम्पसहरुमा आज स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ।

केन्द्रीय क्याम्पससहितका पाँच क्याम्पसबाहेक १० वटा क्याम्पसमा आज बिहान ८ बजेदेखि नेतृत्व चयनका लागि मतदान हुन लागेको हो।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ता गर्ने समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्यामपसहितका ५ क्याम्पसमा मनोनयन दर्ता नै हुन सकेन।

केन्द्रीय क्याम्पसले भने यही चैत्र २१ गतेको मिति तय गरेको छ। अन्य विवाद भएका क्याम्पसहरुमा भने निर्वाचन गराउने विषयमा छलफल भइरहेको छ।


८ चैत २०७९, बुधवार ०८:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु