आज दिउँसो देशका विभिन्न भू-भागहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल कोशी र मधेश प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू(भागमा आँशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
कोशी प्रदेशका थोरै स्थानहरूमा हाल हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बुधवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बुधवार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
८ चैत २०७९, बुधवार ०८:०८ बजे प्रकाशित































