punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टुक्रे योजना र उपभोक्ता समितिमा भ्रष्ट्राचार भयो, हामी निरुत्साहित गर्छौ : मुख्यमन्त्री शाह

Chaupati
safha napa

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेशमा यस अघि हुँदै आएका टुक्रे योजनामा प्रदेश सरकारले बजेट विनियोजन नगर्ने बताएका छन् ।

सुदूरपश्चिम गाउँपालिका राष्ट्रिय महासङ्घको दोस्रो अधिवेशनमा मुख्यमन्त्री शाहले प्रदेशको विकासका लागि टुक्रे योजना नहाल्ने बताए । उनले उपभोक्ता समिति मार्फत भएका कामहरूमा बढि भ्रष्ट्राचार भएको भन्दै आगामी दिनमा प्रदेश सरकारले उपभोक्ता समिति मार्फत हुने कामहरू पनि निरुत्साहित गर्ने बताए ।

‘टुक्रे योजनाले प्रदेशको विकास हुँदैन । हामी त्यस्तो योजनामा बजेट खर्च गर्दैनौँ’ उनले भने ‘उपभोक्ता समिति मार्फत भएका कामहरूमा पनि धेरै गुनासा आएका छन् । उपभोक्ता समिति प्रथामा पनि हामी काम हुन नलिने योजनामा छौँ ।’

मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षबाट स्थानीय तहसँगको समन्वयमा आवश्यकताको आधारमा बजेट विनियोजन गर्ने लक्ष्य प्रदेश सरकारले दिएको जानकारी दिए ।
प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले प्रदेश सरकार संघीय र स्थानीय दुबै सरकारसँग समन्वय गरेर अघि बढ्न चाहेको बताएका थिए । उनले प्रदेश सरकारले योजना निर्माण गर्ने र कार्यान्वयन स्थानीय तहले गर्ने गरि सरकारले योजना बनाइरहेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाहीले पनि अघिल्लो सरकारले गरेको राम्रो कामलाई निरन्तरता दिने र नराम्रो कामलाई निरुत्साहित गर्ने योजना सरकारको रहेको बताए । उनले योजना किनबेचको आरोप प्रदेश सरकारले धेरै झेलिरहेको भन्दै आगामी दिनमा त्यस्तो नहुने दाबी गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सबै गाउँपालिका प्रमुख र उपप्रमुख सहभागी भएका थिए ।

No description available.

उनीहरुले प्रदेश सरकारसँग स्थानीय तहको सरकारको समन्वय निकै कम भइरहेको गुनासो गरे ।
कार्यक्रममा उपस्थित लम्की चुहा नगरपालिका प्रमुख सुशीला शाहीले जनताको आधारमा प्रदेशले बजेट विनियोजन गर्नु पर्ने बताइन् ।विगतमा योजना किनेर ल्याएका थुप्रै घटना बाहिर आएको भन्दै उनले आगामी दिनमा यस्तो नगर्न समेत सरकारलाई अपिल गरेकी थिइन् ।

बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुवरले प्रदेश सरकारले उद्योग व्यवसायमा लगानी बढाउनु पर्नेमा जोड दिए । उनले उद्योग व्यवसाय मार्फत प्रदेश समृद्ध बनाउन सकिने बताए।
दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।


७ चैत २०७९, मंगलवार २१:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु