प्रदेश सांसद साउंद र गाउँपालिका अध्यक्ष कुंवरलाई सम्मान
गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले प्रदेश सभा सदस्य निर्मला साउंद र बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुंवरलाई सम्मान गरेको छ ।
गाउँपालिका राष्ट्रिय महासङ्घको दोस्रो अधिवेशनको उद्घाटन सत्रमा मुख्यमन्त्री कमल बहादुर शाहले साउंद र कुंवरलाई सम्मान गरेका हुन् । अघिल्लो पटक डोटी पूर्वी चौकी गाउँपालिकाको उपाध्यक्ष थिइन् ।
गाउँपालिका उपाध्यक्ष भएर प्रदेश सभा सदस्य भएको भन्दै उनलाई गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले सम्मान गरेको हो । गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेश समितिले दोस्रो अधिवेशन सम्पन्न गर्न महत्पूर्ण भूमिका खेलेको भन्दै बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुवंरलाई पनि सम्मानित गरिएको हो ।

गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्ष जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गा दत्त ओझा थिए । ओझा अहिले पनि सोही गाउँपालिकाका अध्यक्षमा छन् । उनले गाउँपालिका राष्ट्रिय महासङ्घको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरे ।
७ चैत २०७९, मंगलवार २२:१६ बजे प्रकाशित































